शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विष्णु पौडेलले भने– सहमति जुट्यो

विष्णु पौडेलले भने– सहमति जुट्यो

 

 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका छन् ।

सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि एमाले नेता पौडेल दोस्रोचोटि नामावली प्रिन्ट गर्न रिसेप्सनमा झरेका थिए । दिउँसोजस्तै नाम प्रिन्ट गरेर उनी अध्यक्ष ओलीलाई देखाउने माथ्लो तल्लामा चढेका छन् ।

प्रिन्ट गरिएको कागजमा अध्यक्ष ‘केपी शर्मा ओली’ लेखिएको छ भने उपाध्यक्ष खाली राखिएको छ । केन्द्रीय सदस्यहरुको नाम प्रिन्ट गर्न झरेका पौडेललाई सञ्चारकर्मीहरूले सहमति जुटेको हो ? भनेर सोधेका थिए । जवाफमा उनले सहमति जुटिसकेको बताए ।

विष्णु पौडेलले नामावली प्रिन्ट गराउनुअघि लाग्दा पार्क सफारी रिसोर्टबाट ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली लगायतका नेताहरु बाहिरिएका थिए । अहिले केपी ओली, शंकर पोखरेल र विष्णु पौडेल मात्रै पार्क सफारी रिसोर्टमा छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend