फाइल तस्बिर
सौराहा । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा आफ्नो दाबी कायमै रहेको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन आग्रह गरेको चर्चाका बीच नेम्वाङले उक्त प्रतिक्रिया दिएका हुन्। अध्यक्ष ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेको नेम्वाङ निकट नेताहरुले बताएका थिए।
यसबारे जिज्ञासा राख्दा नेम्वाङले आफूलाई भावी राष्ट्रपतिका लागि प्रस्ताव गरेको सुनेको बताए। अरु कसलाई के के पदमा लग्ने भन्नेबारेमा थाहा नभएको उनले प्रस्ट पारे।
‘पार्टीमा सर्वसम्मत हुनुपर्छ भनेर सुरुदेखि भन्दै आएको छु। अध्यक्षले भावी राष्ट्रपति बनाउने प्रस्ताव गरेको भन्ने सुनेको छु, अरु मलाई थाहा छैन। मेरो पहिलेको अडान कायमै छ,’ नेम्वाङले भने।
पार्टीको वरिष्ठ उपाध्यक्षमा पोखरेल र नेम्वाङले दाबी गरेपछि दुईमध्ये कसलाई बनाउने भन्ने दबाबमा ओली परेका छन्। पार्टी विधानले वरिष्ठ उपाध्यक्षमा एक जना हुने व्यवस्था गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend