शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महन्थ ठाकुरले दिए केपी ओलीलाई धन्यवाद

महन्थ ठाकुरले दिए केपी ओलीलाई धन्यवाद

 

 

चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी तथा नेता र कार्यकर्ताप्रति केपी शर्मा ओलीले देखाएको सद्भावप्रति धन्यवाद दिएका छन्।

चितवनको नारायणी किनारमा शुक्रबार सुरु भएको एमाले महाधिवेशनको उद्घघाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन प्रयास गरेको भन्दै धन्यवाद दिएका हुन्।

उनले थपे, ‘अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ। बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्छु।’

यस्तै कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देशमा राजनीतिक संस्कार समाप्त हुँदै गएको भन्दै राजनीतिक संस्कार बनाउनु पर्ने बताए। दोस्रो जनआन्दोलन र मधेश आन्दोलनको उपलव्धी संस्थागत हुन नसकेको उनको भनाइ थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend