शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रिजाल माधव नेपालको पछि नलाग्ने, उनले गरे यस्तो अपिल

रिजाल माधव नेपालको पछि नलाग्ने, उनले गरे यस्तो अपिल

 

काठमाण्डौं । माधव नेपालको पार्टी स्थापना कालमै केन्द्रीय कमिटी देखि तल्लो कमिटी निर्माण मै विधिः पद्धति मिचिएको एक व्यक्ति एक पद पार्टीमा लागू नभएको एउटा व्यक्तिले पांच देखि छ वटा पद सम्म पाएको योगदान योग्यता क्षमताको अब मूल्यांकन भएकोले आफूले नेकपा एकिकृत समाजवादी पार्टी को केन्द्रीय परिषद बाट राजीनामा दिएको ऋषि धमलाको अनलाईन टिभी को एक वहस कार्यक्रममा समाजवादीका विद्रोही नेता रामप्रसाद रिजालले बताएका छन ।

अहिलेको माधव नेपालको पार्टी भन्दा उपेन्द्र, बावुराम भट्टराईको ९ सिट ठूलो पार्टीको सह प्रवक्ता छोडाएर माधव नेपालले केन्द्रीय परिषदमा मलाई राखेर अपमान गरेकोले माधव नेपालको पार्टीको केन्द्रीय परिषद बाट राजीनामा दिएको रिजालको भनाई छ

रिजालले केन्द्रीय कमिटीमा बसेको नेताहरूले प्रदेश कमिटी विभिन्न विभाग र जिल्लामा पनि बसिरहेकोले विशेष गरी केन्द्रीय कमिटी बसेका नेता हरूले केन्द्रीय समिति बाट राजीनामा दिएर मात्र प्रदेश कमिटीमा बसाउन आग्रह गर्दुछ भन्नाको मतलब प्रदेशमा बस्नेले केन्द्र छोड्नु पर्ने र केन्द्रमा बस्नेले प्रदेश कमिटी छोड्नु पर्ने उनले बताए ।

माधव नेपाललाई पार्टी भित्रकै बिचौलिया हरुले घेरामा पारेकोले नेपालको समाजवादी पार्टी नाम मात्रको समाजवादी भएको
आफूले समाजवादी पार्टीलाई ठूलो रकम दिन नसक्दा केन्द्रीय कमिटीमा नराखेको तर मेरो योग्यता क्षमता र भविष्य लाई कसैले खोस्न वा मेटन नसक्नेमा आफू ढुक्क समेत भएको उनको भनाई छ ।

हिजो फोरम पार्टीले राखेको ऐजेण्डा आफ्नै पार्टीमा लागू नगर्दा फोरम आफूले विद्रोह गरेकोले आज माधव नेपालले उठाएको एक व्यक्ति एक पद विधिः पद्धति विधान जस्ता कुराहरु माधव नेपालले आर्यघाटमा जलाईसकेको उनले बताए ।

उनले भने, ‘नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रीय समितिमा आफन्तवाद डनबाट पैशावाद परिवारबाद हनुमानबाद लगाएतका अरु धेरै बादहरु प्रवेश गरेकोले यो सभामुखले बनाएको टूक्रे पार्टीको र त्यसमा पनि माधव नेपालको पछि लागेर आफ्नो राजनीति भविष्य समाप्त नगर्न सबैलाई मेरो अपिल छ ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend