शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रामहरि खतिवडा अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

रामहरि खतिवडा अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित

 

 

ओखलढुंगा । नेपाली कांग्रेसका नेता रामहरि खतिवडा अत्यधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खतिवडाले जिल्लमा सर्वाधिक ९४१ मत पाएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पार्टीका शुभेच्छुक, नेता कार्यकर्ता र प्रतिनिधिहरूले आफूलाई सम्झिएर मतदान गर्नूभएकोमा आफू एकदम खुसी भएको र ओखलढुंगे जनताको सुखदुःखको साथी बनीरहने उनले बताए।

महाधिवेशन प्रतिनिधिमा खतिवडाका साथै रुद्र अधिकारी ७७४, अशोककुमार कार्की ७४२, प्रदीपकुमार सुनुवार ७३९, कुमार लुइँटेल ७३७, खिलानाथ दाहाल ७१५, लिलाबल्लभ दाहाल ६५१, बेदबहादुर रोक्का ६१९, दानबहादुर बानियाँ ५८० र प्रकाश दाहालले ५४९ मतसहित निर्वाचित भएका छन् । खुलामा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमा कुमार लुइँटेल र लिलाबल्लभ दाहाल बाहेक सबै देउवा समूहका हुन् ।

ओलखढुंगामा बहुमत संख्या देउवा पक्षबाट निर्वातिचतभए पनि केही महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका पदाधिकारी पौडेल समुहहबाट पनि र्निचित भएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend