शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

फाइल तस्बिर ।

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैछन् ।

अध्यक्ष ओली आज विहान ११ बजे चितवन पुग्नेछन् । उनी आजै केहि कार्यक्रममा समेत सहभागी हुनेछन् । आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गर्ने कार्यक्रममा ओलीको सहभागिता रहनेछ ।

ओलीसहितका अन्य नेताहरू पनि आजै पुग्नेछन् । हिजो सचिव योगेश भट्टराई र मूल आयोजक समितिका संयोजक सुरेन्द्र पाण्डे पुगिसकेका छन्

भोलिदेखि तीन दिनसम्म चितवनमा एमालेको महाधिवेशन आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले उद्घाटनमा ५ लाख कार्यकर्ता उतार्ने लक्ष्य लिएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend