जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)को हालत आगामी चुनावसम्म विचराजस्तो हुने बताएका छन । उनले एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन् । बुधबार जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
“सूर्यको धाम नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।” एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको उनको टिप्पणी थियो ।
नेकपा (एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ । “नेकपा (एस)मा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ,” उनले भने, “आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ ।”
ओली दक्षिणको इसारामा चलिरहेको उनको आरोप छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend