सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

राजाहरुले जोडेको नेपाल क्षत बिक्षत भयो

राजाहरुले जोडेको नेपाल क्षत बिक्षत भयो

 

बिष्णु प्रसाद शर्मा,

बि.स. १७७९ पुष २७ गते जन्मिनु भएका श्री ५ पृथ्बीनारायण शाह गोर्खाका राजा बि.स.१७९९ चैत्र १ गते राजा भएका थिए । पिता नरभूपाल शाहको अधुरो एकिकरण कार्यको पुरा गर्ने चाहानालाई नयाँ किसिमले सुरु गरेर अगाडी बढे पछि देश हाम्रो घर हो, जनता परिवार हुन भन्ने धारणा राखेकाले उहाँलाई सफलता मिलेको थियो ।

श्री ५ पृथ्वीनारायण शाहको एकिकरणले प्रभावित भई संगठित भएका पश्चिमा मुलुकहरु धेरै अग्रतामा पुग्न सफल भए । प्रजातन्त्रले देश बिकास हुदो रहेछ, जनता शक्तिशाली, सुखी र समृद्ध बन्र्ने रहेछन भन्र्ने जनचाहाना रहनु पनि गलत थिए ।

नेपालमा प्रजातन्त्र, बिदेशी, दलहरु र स्वार्थीहरुका लागी मात्रै फलि फाप सिद्ध भयो । पाहुको टाउका काटिए, राष्ट्रको सम्पति बोकेको जहाज अपहरण गरियो । धेरै धनजनको क्षति भयो ।

जात, लिङग, आदीमा बिभाजन गराइयो ठूला ठूला सपनाहरु बाँडिए । युवा जनशक्ति जति सबैलाई बिदेश पलायन गराइयो । मास्टर्स डिग्रि गरेकाहरु बेरोजगार भए । सच्चा मित्रको स्वाभिमानमा बारम्वार प्रहार भयो । जनताको हित र देशको उन्नति हुने काम भएन । राजाहरुले जोडेको नेपाल क्षत बिक्षत भयो । राष्ट्रको सम्पति नै तहस नहस भएर बिघटनको संघारमा रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend