शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीमा

राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीमा

/fi6«klt ljBfb]jL e08f/L ;+ljwfg lbj; Pjd /fli6«o lbj;sf] pknIodf /fi6«klt sfof{nodf d+unaf/ ;fFem cfof]lht ;f+:s[lts sfo{qmd kl5 ;Daf]wg ug'{x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

 

 

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरीको मटिहानी आएकी छन् । राष्ट्रपति भण्डारीले मटिहानी नगरपालिकाद्वारा मटिहानीमा नवनिर्मित रङ्गशालाको समुद्घाटन गरेकी छन् ।

उद्घाटन समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी छन् । रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि मटिहानीमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शनलगायतका कार्यक्रमको रहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend