अन्तराष्ट्रिय खेलकुद पत्रकार दिवस नेपालगन्जमा अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । खेलपत्रकार टीएस ठकुरीको संयोजनमा न्युरोडस्थित युथ सेन्टरमा वर्तमान नेपाली खेलकुदको अवस्था र सम्भावनाका बिषयमा अन्तक्रिया कार्यक्रमको आयोजना गरियो ।
स्थानीय प्रकाशक तथा सम्पादकसंगको अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापाले समग्र नेपालगन्जको खेलकुद विकासमा उपमहानगर गम्भीरतापूर्वक लागिरहेको बताइन् ।
आफु खेलकुद र खेलपत्रकारिता पृष्ठभुमिबाट आएको हुँदा दुवै विधाको विकासमा सहकार्य गर्न सदैव तत्पर रहेकोमा उनको भनाई थियो । राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेल पत्रकारिताबिना खेलकुद अघि बढ्न नसक्ने धारणा राखे । नेपालगन्जको खेपत्रकारिताको विकासमा आफु जहिल्यै तयार रहेको उनले बताए ।मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले स्थानीय सञ्चारमाध्यमले खेलकुद प्रवर्द्धनमा कुनै कसर बाँकी नराखेको बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend