काठमाण्डौं । राजनीतिक बिश्लेषक तथा लेखक डा डिआर उपाध्यायले नेकपा एमालेमा केपी शर्मा ओली नै सर्बमान्य नेता भएको बताएका छन । उनले आज खबर बेक्रिङ संग कुरा गदै यस्तो बताएका हुन ।
उनले भने, ‘नेकपा एमालेमा अध्यक्षको प्रतिस्प्रर्धी कोही छैनन् । आगामी महाधिबेशनबाट एमालेको अध्यक्ष हुने भनेको केपी शर्मा ओली नै हो । ओलीको प्रतिस्प्रधि हुनु भनेको राजनीतिक जीवन समाप्त गर्नु हो । आज ओलीको प्रतिस्प्रर्धामा डा भिम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । त्यो उनको राजनीतिक भूल हो । भिम रावलले ओली संग प्रतिस्प्रर्धा गर्नु भनेको कुहिनोले भित्ता फोर्नु सरह हो । उनले यो घोषणा फिर्ता लिनु पर्छ ।”
उनले डा भिम रावल राम्रो र बौद्धिक नेता रहेको तर राजनीतिमा सुझ बुझ नभएको आरोप लगाए । नेकपा एमाले ओलीकै कारणले चलायमान भएको डा उपाध्यायले ठोकुवा गरे । नेकपा एमालेको महाधिबेशन बाट धेरै नेता सर्वसहमतीबाट चुनिने उनले बताए । उनले ओलीको बिरोध गर्नेहरु सबै पाखा लाग्ने ठोकुवा गरे । पूर्व माओवादीका नेता महाधिबेशन पछि एमालेमा हाबी हुने उनले बताए । आज भिम रावलले जे गर्नु भएको छ त्यो सबै गल्ति भएको उपाध्यायले बताए । ओलीको बिरोध गर्नेहरु एमालेबाट पत्तासाप हुने उपाध्यायको भनाई छ ।
नेकपा एमालेमा ओली जस्तो अरु नेता कोही नभएको उनले बताए । आगामी महाधिबेशनबाट केपी शर्मा ओली नै अध्यक्ष हुने उनले दाबी गरे । उनले भने, ‘आगामी माहाधिबेशनबाट ओली अध्यक्ष हुन्छन । उनको बिरोध गर्नु मूर्खता हो । पार्टीमा उनको बहुमत छ । उनको पक्षमा बहुमत देख्दा देख्दै प्रतिस्प्रर्धी हुनु भनेको ठूलो मुर्खता हो ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend