शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले नेता सुवास नेम्वाङको टोली पुग्यो बालुवाटार, देउवाले दिए नेम्वाङलाई यस्तो जवाफ !

एमाले नेता सुवास नेम्वाङको टोली पुग्यो बालुवाटार, देउवाले दिए नेम्वाङलाई यस्तो जवाफ !

 

 

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेको १०‍औं महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने भएका छन् ।

देउवालाई महाधिवेशनमा अतिथिका रूपमा एमाले नेता सुवास नेम्वाङको टोली निमन्त्रणा दिन बालुवाटार पुगेको थियो । उनले निमन्त्रणा स्वीकार गर्दै आफू एमाले महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुने बताएका हुन् ।

‘म आइहाल्छु नि। तपाइहरूको महाधिवेशनमा नआएर हुन्छ रु म आउँछु नि’, प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने । एमालेको १०औं महाधिवेशन मंसिर १० – १२ गतेसम्म चितवनमा हुने भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend