काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले नियुक्ति अनि बरखास्तका पनि अलग अलग प्रकृया हुने बताएका छन । आज खबर बे्रकिङ संग कुरा गदै यस्तो बताएका हुन । उनले भने, ‘मुलुकमा न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका समेत ३ प्रकारका निकायहरु छन । यी छुट्टा छुट्टै प्रकृयाबाट गठन भएका छन र नियुक्ति अनि बरखास्तका पनि अलग अलग प्रकृया छन । यो कुरा कानूनका ज्ञाताहरुलाई जानकारी छैन भन्न मिल्दैन ।”
उनले राष्ट्र एउटा घर भएको र जनता परिवार भएको बताए । उनले भने,’ राष्ट्र एउटा घर हो, जनता परिवार हुन भनेर नबुझनेहरु अरुका लागी काम गर्दछन् । देश र जनताका लागी होइन । जनतालाई छलेर ढाँटेर बिदेशीका पाल्तु बन्नेहरु देशको अस्तित्व नै मासेर युरो र डलरमा बिकेकै कारण आज देशले यो समस्या भोगीरहेको छ । जनताले अझै बुझेका छैनन् । न्यायपालिका अस्तब्यस्त बनाउने काम दलीयताको मलजलमा मौलाएको रोग हो र यसले जनतालाई धोका मात्र दिने छ ।” उनले सर्बोच्च सकिए पछि सेनाको पालो नजिक भएकाले भद्धकाली कति सचेत छ भनेर प्रश्न समेत गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend