शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रचण्डले गरे यस्तो घोषणा, देश भरी तरंग

प्रचण्डले गरे यस्तो घोषणा, देश भरी तरंग

 

महोत्तरी । आगामी निर्वाचनमा माओवादी केन्द्र एक नम्बर पार्टी बन्ने ठोकुवा भएको छ । महोत्तरीको रामगोपालपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो ठोकुवा गरेका हुन् ।

मधेशको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी अध्यक्षको छ । ‘चुनावमा जनताले नक्कली जलपबालालाई बढार्नेछन्’, प्रचण्डले भने, ‘मधेश र मधेशी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौँ, मधेशी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्वर एक बनाउनेछन् ।’

यसअघिका मधेशका भ्रमणमा मधेशसँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ । आफैँले दुई पटक मधेशी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए ।

‘हामीले सम्बिधान संशोधन गरेर मधेश मुद्दा सम्वोधनको जमर्को गर्यौँ,’ प्रचण्डले भने, ‘तर सम्बिधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन ।’

त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले बताए । पछिल्लो न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उनको भनाइ छ ।

महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने प्रचण्डले प्रतिबद्धता जनाए । समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो ।

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend