शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

अध्यक्ष ओलीको यो सम्बोधनले पायो ब्यापक चर्चा, पार्टी प्रवेश गर्नेहरु नै भए उत्साहित !

अध्यक्ष ओलीको यो सम्बोधनले पायो ब्यापक चर्चा, पार्टी प्रवेश गर्नेहरु नै भए उत्साहित !

 

दाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनले ब्यापक चर्चा पाएको छ । पार्टी प्रवेश गर्नेहरु उत्साहित भए । उनले एमालेलाई कसैले पनि हराउन नसक्ने दाबी गरेका छन्। बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उनले एमालेलाई एक्लै कसैले पनि हराउन नसक्ने भन्दै गठबन्धनबिना चुनावमा आउने कसैको आँट नभएको र एक्लै आएमा जमानत जफत हुनेसमेत दाबी गरे।

उनले एमालेसँग चुनाव लड्न एक्लै भन्दा पनि मिलेर आउन आग्रह गरे। ‘एमालेसँगै एक्लै चुनावमा लड्ने कसैसँग दम छैनु ,उनले भने, ‘म पुरानो पार्टी नेपाली कांग्रेसलाई सोध्न चाहन्छु । एमालेसँग एक्लै लड्ने हिम्मत कसैसँग छैन। माओवादी केन्द्रमा कार्यकर्ताभन्दा आफन्त सप्रिएका छन्। जुन कम्युनिष्टको लागि लडेका थिए। उनीहरु अहिले पनि दुख पाइरहेको छन् । टाउको मूल्य तोकेका व्यक्तिसँग अहिले प्रचण्ड पछि लागेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले नेपाली कांग्रेस प्रचण्ड पदमा गएको आरोप लगाए । कांग्रेस बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको सिद्धान्त अनुसार नभइ प्रचण्डको इसारामा चल्ने गरेको उनले आरोप लगाए।

उनले अहिले कांग्रेसलाई प्रचण्डले जे अरायो त्यही इसारामा चल्ने गरेको समेत बताए । ‘ कांग्रेसलाई प्रधानमन्त्रीको एउटा कुर्सी भए पुग्दो रहेछ,’ उनले भने,‘ अहिले कस्ता मन्त्रीहरू बनेका छन् । तपाईँहरूले देख्नु भएको होला । चारवटा बैसाखी टेकेर कांग्रेस अहिले हिँडेको छ । अहिले कांग्रेस कहाँ पुगेको छ।’

यसैगरी उनले नेकपा एमाले मान्छे किनेर र पद बाँडेर र राजनीति गर्ने पार्टी नभएको दाबी गरे । उनले देश बनाउने सङ्कल्पका साथ जनतालाई साथमा लिएर राजनीति गर्ने गरेको पार्टी एमाले भएको समेत बताए।

‘हामी पैसाको लागि राजनीति गरेका होइनौँ । जनताको लागि राजनीति गर्छौ,’ उनले भने,‘ हाम्रो पैसाको राजनीति होइन् । पदको राजनीति होइन् । देशको विकासको राजनीति गर्छौ।’ यसैगरी अध्यक्ष ओलीले एमाले कुरा गरेर समय बिताउने पार्टी नभई काम गरेर देश बनाएर देशको विकास र जनताको समस्याको समाधान गरेर अगाडि बढ्ने पार्टी भएको समेत बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend