शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जति दमन गरेपनि आन्दोलन नरोकिने वरिष्ठ अधिवक्ता दाहालको दाबी

जति दमन गरेपनि आन्दोलन नरोकिने वरिष्ठ अधिवक्ता दाहालको दाबी

 

वरिष्ठ अधिवक्ता हरिहर दाहालले न्यायालयको शुद्धीकरणका लागि थालेको शान्तिपूर्ण आन्दोलनमा गृह र सर्वोच्च प्रशासनले दमन गरेको आरोप लगाएका छन् ।

गृहमन्त्री बालकृष्ण खाण र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रहरी लगाएर बार नेतृत्वमा काुनन व्यवसायीहरूमाथि लाठी चार्ज गराएर दमन गर्ने प्रयास गरेको बताए । जति दमन गरेपनि आन्दोलन नरोकिने उनको दाबी छ ।

आज बिहान प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जन, अधिवक्ताहरू कपिल पोखरले, रमण कोइराला, गोपाल सापकोटा लगायत १२ जना घाइते भएका छन् । घाइतेहरूको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend