शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आजदेखि ईपासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै

आजदेखि ईपासपोर्ट परीक्षण, परराष्ट्रमन्त्री खड्का उद्घाटन गर्दै

 

 

काठमाडौँ । सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ईपासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ।

ईपासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend