सत्ता बाहिर रहेको प्रमुख ठुलो शक्रि नेपाली कांग्रेसले सरकारले गरेका पछिल्ला निर्णय प्रति आपत्ती जनाएको छ । सरकारले दुई तिहाइ बहुमतको दम्भ देखाएर निर्णयहरू गरेको कांग्रेसको ठम्याई रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कांग्रेसको लागी गम्भिर आपत्तीको बिषय भएको बताए ।
अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयको त्यही दम्भका आधारमा भएको भन्दै त्यसको विरोधमा उत्रने प्रवक्ता शर्माको चेतावनी छ । उनले अरू राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलन सँग कानुनी उपचार पनि खोजिने उनको भनाई छ ।
प्रदेश प्रमुख हटाउन खोजे आफुहरुले हेरिरहेर नबस्ने उनले बताए । उनले तीन तहका चुनाव सम्पन्न भइसकेर देशमा राजनीतिक स्थायित्व भइरहेका बेला सरकारले एकलौटी रुपमा द्वन्द्व बढाउन खोजेको प्रबक्रा शर्माको भनाई छ । अहिले दुई तिहाइको श्रीपेच लगाएर द्वन्द्व बढाउन बर्तमान सरकार लागेको उनको आरोप छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend