सुर्खेत । कर्णाली सरकारको कृषि मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाही नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री शाहीले मंगलबार नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend