शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

राजेन्द्र महतोले ल्याए राजनीतिमा फेरी तरंग, उनको भाषण नै बन्यो भाइरल !

राजेन्द्र महतोले ल्याए राजनीतिमा फेरी तरंग, उनको भाषण नै बन्यो भाइरल !

 

 

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले वीरगंजबाट फेरी नेपालको राजनीतिमा तरंग ल्याएका छन । उनको आजको भाषण नै भाइरल बनेको छ । उनले बहुलराष्ट्रको लागि पुनः आन्दोलन हुने बताएका छन्। लोसपाको पर्सामा सोमवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘देशमा संघीयता त आयो तर यो संघीयता केही विपरित शक्तिको हातमा गएको छ, अबको निकास भनेको बहुलराष्ट्र अर्थात बहुल जातजातिको शक्ति पृथकीकरणको सिद्धान्तमा चल्ने राष्ट्रको परिकल्पना हो’, महतोले भने, ‘त्यसैकारण मधेसी, जनजाति, महिला, मुस्लिम, दलित अल्पसंख्यकलगायत सबै वर्ग मिलेर आन्दोलन गर्नुपर्छ।’

आगामी दिनमा बहुलराष्ट्रको लागि मधेस तथा तराईको सट्टा काठमाडौंमा सबै वर्गले आन्दोलन गर्ने पनि उनले चेतावनी दिए।

लोसपा नेता तथा रौतहटबाट निर्वाचित सघीय सांसद अनिल कुमार झाले पर्सा हक अधिकारको लागि प्रजातन्त्र, लोकतन्त्र र मधेस आन्दोलनको लागि योगदान दिएको केन्द्रबिन्दु भएको बताए।

उनले भने, ‘पर्सा क्रान्तिको उद्गम स्थल हो, यहाँबाट हुने हरेक आन्दोलनले देशमा शासन र व्यवस्था बदलेको छ, सबैले अबको दिनमा लोसपासँग मिलेर राजनीतिमा सघाउनु पर्छ।’

लोसपाका नेता तथा प्रदेश २ का पूर्व भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चेलाको संज्ञा दिए।

उनले भने, ‘उपेन्द्र यादव प्रचण्डका शिष्य हुन्। पहिले पनि नजिक थिए, आज पनि नजिक छन्। मधेसवादी राजनीतिलाई कम्युनिस्टको हातमा लगेर समर्पण गरेका छन्।’

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend