शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उजुरी बढेसँगै पालिकामा हुने भ्रष्टाचार बढ्योः अख्तियार दुरुपयोग आयोग

उजुरी बढेसँगै पालिकामा हुने भ्रष्टाचार बढ्योः अख्तियार दुरुपयोग आयोग

 

 

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा हुने भ्रष्टाचार बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने भ्रष्टाचार बढेको बताएको हो ।

आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि पालिकामा भएका कारण यसको सङ्ख्या बढेको बताए । उनले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा नागरिकहरूको नजिकको सरकारमा निगरानी बढेका कारण सङ्ख्यामा वृद्धि भएको बताए ।

प्रवक्ता रिसालले अख्तियारले बयान गराउन स्थलगत रूपमा छानबिन गर्न नसकेका कारण मुद्दा दायरमा कमी भएको बताए । उनले कतिपय कुरा आयोगले अनुसन्धान गर्न नसक्दा पनि कमी आएको बताए । प्रवक्ता रिसालले आयोगको लक्ष्य तथ्य र प्रमाणको आधारमा निर्णय गर्ने भएकाले मुद्दा दायरको सङ्ख्यामा कमी आएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend