बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले शेरबहादुर देउवाका पालामा नियूक्रि भएकाहरुलाई हटाउने चर्चा थियो । तर कहिले हटाउने भन्ने बिषय भने एकिन थिएन । अन्तत सरकारले शेरबहादुर देउवाका पालामा नियूक्री भएकाहरुलाई हटाउने र बढुवा भएकालाई बढुवा खारेज गर्ने निर्णय गरेको छ ।
जसका धेरैको जागिर जाने भएको छ । यस्तै शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने बताईएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।
मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर धक्का पुग्ने भएको छ । त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।
उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend