काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको आजको भनाइले राजनीति तातेको छ । उनले सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान त्यहीँ भित्रबाट खोजनुपर्ने बताएका छन । अदालतमा राजनीतिक हस्तक्षेपबाट समस्या सामाधान नगरी र अदालतबाटै सामाधान गर्नुपर्ने उनको भनाइ छ ।
संविधानको पुनर्लेखन गर्नुपर्ने माग गर्दैआएका अध्यक्ष यादवले मुलुकमा अहिले देखिएको समस्याको मूल कारण त्रुटीपूर्ण संविधान नै भएकोले संशोधन गरेर परिमार्जन गर्नुपर्ने दोहोर्याए । ‘अहिलेको संविधानलााई संशोधन गरेर परिमार्जन गर्नु नै राम्रो हुन्छ किनकि संशोधन हुन नसके मात्रै अन्य विकल्प खोज्ने हो,’ उनले भने,‘संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक हुन्छ । तर अहिलेको सत्तारुढ गठबन्धनसँग त्यो छैन, त्यसका लागि अर्ली इलेक्सन एउटा पाटो हो ।’
संविधान संशोधन आम नेपाली र सबै दलको सरोकारको विषय भइसकेकोले यसका लागि साझा सहमति आवश्यक भएको अध्यक्ष यादवले बताए । नेता यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे राष्ट्रिय सहमति आवश्यक रहेको बताएका हुन । एमसीसी पास हुनुपर्ने तर राष्ट्रहितलाई ध्यानमा राखेर मात्रै गर्नुपर्ने उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend