काठमाडौं । नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर गर्दै नयाँ पार्टी खोल्नु परेको पनि बताए ।
दुईतिहाई बहुमतलाई केपी शर्मा ओली नेतृत्वको सरकारले सदुपयोग गर्न नसकेको भन्दै उनले ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको आरोप लगाए । भने– हामी फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं ।
पार्टी क्रमिक रुपमा विकास भइरहेको भन्दै उनले मात्रात्मकरुपमा मात्रै भन्दा पनि गुणात्मक रुपमा पनि विकास गर्नुपर्ने बताए । पुँजिवादी जनवादी क्रान्ति पूरा भइसकेको तर्क गर्दै उनले अबको समाजवादी क्रान्तिको नेतृत्व नेकपा एसले मात्रै गर्नसक्ने बताए ।
खनालले नेकपा (एमाले)का धेरै नेताकार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गर्ने दावी गरे । नेता खनालले १० बुँदे सहमतिमा अल्झिएकाहरुमा देखिएको अलमल सकिएकाले धेरै नेता तथा कार्यकर्तामा एकीकृत समाजवादीमा आउने बताए ।
एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताए ।
केपी शर्मा ओलीले गुट मात्रै चलाएका कारण अहिलेको परिस्थिति आएको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend