काठमाडौँ । नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक बिष्णु प्रसाद शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन।
आज खबर बेकिङ्र संग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल सरकार संग माग गरेका हुन्।
‘ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्यवृद्धि हुने अवस्था सिर्जना गर्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णयप्रति नेपाल संरक्षण अभियान खेद व्यक्त गर्दछ,’ शर्माले खबर बेकिङ्र संग भनेका छन।
शर्माले जनतालाई राहत दिने समयमा पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै उक्त मूल्यवृद्धिप्रति सरकारले हस्तक्षेप गरी उक्त निर्णय खारेज गर्नुपर्ने बताए।
नेपाल संरक्षण अभियानले नेपाल आयल निगमभित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानबिन र नियन्त्रण गर्न माग गरेको छ। मूल्यवृद्धि खारेज नगरे नेपाल संरक्षण अभियान कडा आन्दोलनमा उत्रने उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend