फाइल फोटो
पाँचथर । नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन ।
एमालेको फिदिम नगर अधिवेशनलाई सम्बोधन गर्दै आज बुधवार नेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै फलानोले हेप्ने गरेकाले पार्टीमा बस्न सकिएन भन्ने कुरा गरेर, विना विचारधारा, दर्शन र कार्यक्रमविना पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने पनि स्पष्ट पारे । उनले वर्तमान सत्तारुढ गठबन्धन सरकार दूषित भइसकेको बताए । उपनेता नेम्वाङले पाँचदलीय गठबन्धनले गठन गरेको उच्च स्तरीय राजनीतिक संयन्त्र असंवैधानकि भएको टिप्पणी गरे । उनको यो टिप्पणीले देश भरी तरंग उत्पन्न गरेको छ ।
संविधान र संसद रहेसम्म संविधानले नचिन्ने संयन्त्र आवश्यक नपर्ने उनको भनाइ छ । सत्तारुढ गठबन्धन र पार्टी भित्रको खटपट व्यवस्थापन गर्न बाहेक संयन्त्रको अरु काम नभएको पनि उपनेता नेम्वाङले बताए ।
८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।‘माधव नेपालसँग गएका १४ सांसदहरू गैरकानुनी हुन्’, नेम्वाङले भने, ‘त्यस्ता सांसदहरूबाट निर्माण भएको पार्टी पनि असंवैधानिक छ ।’
एक अर्को प्रसङ्गमा उनले नेपाली नागरिकले पत्याएको पार्टी एमाले मात्र भएको दाबी गर्दै एमालेबाहेकको परिकल्पनासम्म गर्न नसकिने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend