काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा गरेको भाषण भाइरल बनेको छ । उनले वर्तमान सरकार असंवैधानिक बाटोतर्फ हिँडिरहेको टिप्पणी गरेका छन् । उनले भने,‘परमादेशबाट बनेको सरकार हो, यो सरकारले संवैधानिक काम गर्छ भन्ने तपाईँहरुलाई विश्वास लाग्छ र ? सरकार त अहिले उल्टो दिशामा हिँडिरहेको छ । हाम्रो संविधानले समन्वय समितिको कल्पना गरेको छ त ? अनि अहिले गठबन्धनले बनाएको समन्वय समिति कसरी संविधासम्मत् भयो ? यो संविधानविपरित हो ।’
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले आफ्नो दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने,‘एमालेले उहाँको राजीनामा पनि मागेको छैन, र महाभियोगको प्रस्ताव पनि ल्याउँदैन् । यसबारेमा छलफल गर्ने अवस्था छैन् । न्यायाधीशहरुले राजनिित गर्ने, कुनै दलको भाका र भाषा बोल्ने काम गर्नुहुँदैन् । न्यायालय पूर्वाग्रही हुनुहुँदैन् । संविधानमा आधारित भएर चल्नुपर्छ । तर, यहाा त परमादेश दिँदा नै सेटिङ भयो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टीको आगामी महाधिवेशनमार्फत अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत रुपमा आउने पनि स्पष्ट पारे । उनले भने,‘अब पनि अध्यक्ष त केपी ओली नै हो नि, यसमा शंका छ र रु अध्यक्षमात्रै होईन, हाम्रो सबै पदाधिकारी नेतृत्वमा सर्वसम्मत हुन्छ । म दोहोर्याएर भन्न चाहन्छु कि मूलतः नेतृत्व सबै सहमति हुन्छ ।’
उनले आफ्नो पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा ध्यान खिचेको पनि स्मरण गराए । उनले भने,‘जहाँसम्म हाम्रो पार्टीको महाधिवेशनको कुरा छ, यसले देशको ध्यानााकार्षण गरेको छ । एमाले देशको ठूलो पार्टी हो । लोकतान्त्रिककरणको च्याम्पियन हो–एमाले । हामीले गरेको काम राष्ट्रको निम्ति रोलमोडल हुनुपर्छ । मैदानमा उपाध्यक्ष अध्यक्षको लागि आउनु कुन ठूलो कुरा हो ? विधान महधिवेशन पनि सर्वसम्मत गर्यौं । अहिले नेतृत्वको महाधिवेशन हुँदैछ । नीतिमा कुनै फरक छैन् । समाजवादको निर्माण कसरी गर्ने भन्नेमा हामी लागेका छौं । राष्ट्रिय स्वाधिनतालाई उचाईमा पुर्याउनुपर्छ । अहिले समाजवादको पूर्वाधार बनाउने बेला हो ।’
उनले समाजवादको पूर्वाधार बनाउनको लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई मूल कार्यभार बनाएर अघि बढ्ने पनि विश्वास दिलाए । उनले भने,‘यसको लागि अहिले सरकारलाई दबाब दिन्छौं । समृद्धिको यात्रालाई जारी राख्ने हो । यो कार्यभारबाट हामी बाहिर जाँदैनौं । शिक्षा तथा स्वास्थ्य क्षेत्रको कुरा छ, यसलाई सरकारको दायित्वमा ल्याउन चाहन्छौं । सामाजिक सुरक्षाको दायित्व बढाउन चाहन्छौं । निर्यात र आयातको सन्तुलन मिलाउँछौं । खासगरी हामी निर्यात बढाउँछौं । उत्पाकत्व वृद्धि गर्ने तयारी गर्नुपर्छ । निजी क्षेत्रको उद्यमशिलतालाई सरकारले प्रोत्साहन गर्नुपर्छ । दलाल पुँजीलाई विस्थापन गर्नुपर्छ । राष्ट्रिय पुँजीको विकास हुनुपर्छ । महाधिवेशनले नीति सार्वजनिक भैसकेको छ, अब नेतृत्व सर्वसम्मत हुन्छ ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend