शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गाउँपालिका अध्यक्षसहित तीन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

गाउँपालिका अध्यक्षसहित तीन जना वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

 

डोल्पा । नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको जनलहर जारी रहेको छ । त्यस्तै डोल्पामा एक जना गाउँपालिका अध्यक्षसहित ३ जना वडा अध्यक्ष नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनवटा वडा अध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गुरुङसहित माओबादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पो थापा भोटे, वडा नं २ का अध्यक्ष छोईक्याप भोटे, वडा नं ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन् ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा, पूर्व शान्तिमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी उनीहरुलाई पार्टी प्रवेश गराउन डोल्पा पुगेका थिए । गुरुङ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend