काठमाण्डौं । राजनीतिक बिश्लेषक तथा नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक बिष्णु प्रसाद शर्माले कुनै पनि राष्ट्रको सार्वभौम सत्ता मित्र राष्ट्रहरुले संरक्षण गरिदिने भन्र्ने कुरा कोरा कल्पना मात्रै भएको बताएका छन । उनले आज खबर बे्रकिङ संग कुरा गर्दै यस्तो बताएका हुन ।
उनले यो समस्या जनता र राजाले मात्रै सुद्धिढीकरण गराउन सक्ने बताए । उनले अब राजा र जनता मिल्नु पर्ने दिन आएको बताए । उनले भने, ‘अब राजा र जनता मिल्नु पर्ने दिन आयो । कुनै पनि राष्ट्रको सार्वभौम सत्ता मित्र राष्ट्रहरुले संरक्षण गरिदिने भन्र्ने कुरा कोरा कल्पना मात्रै हो । यो समस्या राजा र जनताले मात्रै सुद्धिढीकरण गराउन सक्छन् ।”
राजनीतिक बिश्लेषक शर्माले नेपालको राष्ट्रियताको कुरा गर्ने हो भने श्री ५ महेन्द्रलाई सम्झनु पर्ने बताए । बहुदलीय ब्यवस्थाका नाममा राष्ट्रघात भइराखेको उनले बताए । राष्ट्रियतालाई बिदेशी बुटले कुल्चनेहरु प्रजातन्त्रको मुकुण्डो लगाएर नेपालको अंग प्रत्याङगमा घोच्ने काम गरेको उनले बताए ।
उनले यसलाई राष्ट्रघाती अपराध भनेका छन । उनले भने’ ‘नेपालको राष्ट्रियताको कुरा गर्ने हो भने श्री ५ महेन्द्रलाई सम्झनै पर्दछ । बहुदलीय ब्यवस्थाका नाममा राष्ट्रघात भइराखेको छ । राष्ट्रियतालाई बिदेशी बुटले कुल्चनेहरु प्रजातन्त्रको मुकुण्डो लगाएर नेपालको अंग प्रत्याङगमा घोच्ने गर्दै छन् । यो राष्ट्रघाती अपराध हो ।”
बिदेशीलाई राष्ट्रको अस्मिता सुम्पिएर सम्झौता गर्नु शर्माले कृतिम आत्मनिर्भरता हो भनेका छन । यो अपराधमा सबै दलहरु मुछिएका छन र उनीहरु राष्ट्रद्रोही भएकाले ठाडो कारवाही जनताले गर्नै गर्दछ नत्र बिश्वयुद्ध नेपालबाट नै सुरु हुने सम्भावना प्रवल रहेको शर्माको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend