पछिल्लो समयमा आउ“दा नेपाली कांग्रेसले सरकार विरुद्ध आफना असन्तुष्टीका स्वरहरु बिस्तारै कडा बनाउदै गएको छ । सरकारले एकलौटी तरिकाले तानाशाहा लादन खोजेको उसको आरोप छ । सरकारको प्रतिवाद गर्न अब डटेर लाग्ने बताईरहेको छ ।
बाढी पहिरोबाट जनधनको क्षति भइरहे पनि सरकार गम्भीर नबनेको भन्दै उसको आरोप छ । प्रा. डा. गोविन्द केसीको जीवन रक्षाको पहल नगरेको, गंगामाया अधिकारीको मागलाई बेवास्ता गरेको कुरालाई पनि काग्रेसले मुल असन्तुष्टीको बिषय बनाएको छ ।साथै काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको, मूल्यवृद्धि नियन्त्रण नगरेकोे लगायतका विषयलाई कांग्रेसले मुख्य रुपमा उठाइरहेको छ ।
आम जनता मर्कामा पर्ने विषयहरुमा गम्भीर बनेन भने सरकारलाई संसद, सडक, संचार माध्यम, सामाजिक सन्जाल सवै क्षेत्रबाट दबाब दिने कांग्रेसको रणनिती रहेको छ । शीर्ष नेताहरुले सांसदहरुलाई प्रभावकारीरुपमा संसदमा प्रस्तुत हुन निर्देशन दिने कांग्रेसले बताएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend