शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वाग्मती प्रदेशका पाण्डेले पाए विश्वासको मत

वाग्मती प्रदेशका पाण्डेले पाए विश्वासको मत

 

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएका छन् ।आइतबार प्रदेश सभाको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

विश्वासको पक्षमा ५९ मत र विपक्षमा ४३ मत परेको हो । पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका छन् । २ मत तटस्थ देखिएको छ । ११० सदस्यमा जनामा एक जनाको मृत्यु भएको र जम्मा १०९ सदस्यमध्ये आजको बैठकमा १०४ जना उपस्थित थिए ।

तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डे असोज ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । यस्तै,आजै मन्त्रीमण्डल विस्तारको पनि सम्भावना रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend