सरकारी काम कहिले जाला घ“ाम भन्ने नेपाली उखा“न छ । नेपालको प्रशासनिक क्षेत्रमा यस्तै हुदै आएको छ । काम ठगहरुको बिगबिगी नै छ । समयमा काम नगर्ने कमिशन र राजनैतिक दलको पछि लागेर हिड्ने अहिले फेशन जस्तै भएको छ । राज्यको नितीनियम बनाउने र राज्य संचालन गर्ने ठेक्का लिएर बसेका नेताहरुको पनि व्यवहारमा परिवर्तन आउन सकेको छैन् ।
यस्तै अहिले जव परेयो राती उसै बुढी ताती भने जस्तै बर्खा लागे संगै बाटोको बनाउने नाममा राज्यको सम्पत्ती दोहन गर्न व्यस्त छन् । अहिले देशै भरी असारे बजेट सिध्याउन जनप्रतिनिधि देखी कर्मचारी सांसद नेता सवैलाई म्याई नभ्याई नै छ । देशका धेरै ठाउमा बजेटको कालोपत्रे निर्माण सम्पन्न नहुँदै भत्केने गरेको छ ।
बजेट सक्ने उद्देश्यले कमसल सामग्रीको प्रयोग गरी हतार–हतारमा गरिएको कालोपत्रे निर्माण सम्पन्न नहुँदै भत्केको हो । तर, हाल सो कालोपत्रे ठाउँठाउँमा फुट्नुको साथै कल्भर्टको आसपासमा कालोपत्रे नै भाँसिएको अवस्था छ । कालोपत्रे निर्माण सम्पन्न नहुँदै भत्किन थालेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
उनीहरूले नगरपालिकाले दीगो विकासभन्दा पनि बजेट सिध्याउने काम मात्रै गरेको गुनासो गरेका छन् । उनीहरूले पुनः कालोपत्रे गर्नुपर्ने र कालोपत्रेमा बदमासी गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend