काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीको विषयमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न नसक्ने बताएका छन् ।
ुनेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरितका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसद्बाट पारित गर्न सकिन्नु नेता श्रेष्ठले ट्वीट गरेका छन् ुयो नै हाम्रो पार्टी नेकपा ९माओवादी केन्द्र०को आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्रममा नपरौं ।ु
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend