काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा बेदुराम भुसालले जानकारी दिए।
पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरूले बताएका छन्। सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend