काठमाण्डौं । नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई ‘कुचो लगाएर बढार्ने दाबी गरेका छन्। बुधबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा पार्टीले आयोजना गरेको तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले अबको चु्नावमा एमालेलाई पूर्ण रूपमा पराजित गर्ने दाबी गरेका हुन्।
नेकपा एमालेका अ्रध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा अन्य पार्टीलाई धोवीले पछारेजस्तो पछार्ने भनेको सुनेको उल्लेख गर्दै नेता थापाले एमालेलाई चाहिँ माथिदेखि तलसम्म सबै चुनावमा एमालेलाई हराउने जवाफ दिएका हुन्।
‘हिजो कता धोबीले पछारेजस्तो भनेको सुनेको थिएँ, धोबीले पछारेजस्तो होइन, यो पटकको तलदेखि माथिसम्म सबै चुनवमा, पार्टीका सब कार्यकर्ताले संकल्प गर्नुपर्नेछ योपटक’, थापाले भने, ‘यो पटकको चुनावमा नेकपा एमालेलाई बढार्ने हो, कुचो लगाएर बढार्ने हो, बढार्दाखेरि कहीँ कतै कुना काप्चामा अड्क्यो भने भ्याकुम क्लिनर लगाएर तानेर निकाल्ने हो।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend