शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले सचिव भट्टराईकोे घोषणा, एमाले पुनः सत्तामा फर्कने !

एमाले सचिव भट्टराईकोे घोषणा, एमाले पुनः सत्तामा फर्कने !

 

काठमाण्डौं । पूर्वमन्त्री एवं एमालेका सचिव योगेश भट्टराईले आगामी निर्वाचनबाट नेकपा एमाले लोकप्रिय जनमतसहित पुनः सत्तामा फर्कने घोषणा गरेका छन । दसौं महाधिवेशनको प्रचार योजना बनाउने क्रममा उनले यस्तो बताएका हुन् ।

सुझाव संकलनपछि प्रचार बिभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले यस्तो उदघोष गरेका हुन् । ‘दशौं महाधिवेशनको उदघाटनमा कम्तीमा ५ लाख जनता उतारेर नेकपा एमाले मुलुकको सवैभन्दा ठूलो दलको रुपमा स्थापित भएको प्रमाणित गर्ने छौं, आगामी निर्वाचनमा लोकप्रिय जनमतसहित एमाले पुनः सत्तामा फर्कन्छ भन्ने तथ्य पनि स्थापित गर्ने छौं,’ भट्टराईले भने, ‘यो महाधिवेशनको सन्देश पनि यही हो ।’

एमाले महाधिवेशनको उद्घाटन चितवनको नारायणी नदीको किनारमा हुनेछ । वरिपरिका जिल्लासहित देशैभरबाट ठूलो संख्यामा जनता ल्याएर महाधिवशेनलाई भव्य र ऐतिहासिक बनाइने भट्टराईले जानकारी दिए । साढे सात लाख संगठित सदस्य भएको एमालेको राष्ट्रिय महाधिवशेनको विशेष महत्व रहेको उनको भनाइ छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend