काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ुआन्दोलनुमा रहेका न्यायाधीशहरु छलफलमा जुटेका छन्। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका हुन्।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै उनीहरु इजलास बहिष्कार गरेर आन्दोलनमा उत्रिएका थिए तर सोमबार न्यायाधीशहरु ८ दिनपछि इजलासमा फर्किन तयार भएका थिए।
प्रधानन्यायाधीश राणाले आजका लागि आफू बाहेकको इजलास गठन गरेका छन्। प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोकेका हुन्। सवै इजलासमा बन्दी प्रत्येक्षीकरणको मुद्दामा मात्र सुनुवाइ हुनेछ।
आन्दोलनरत न्यायाधीशहरुको सोमबार बसेको बैठकले आन्दोलन जारी राख्दै बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने ुनिर्णयु गरेको थियो।
कार्यकारी प्रमुख (प्रधानमन्त्री)सँग विभिन्न नियुक्ति (मन्त्रिपरिषद्मा) समेत हिस्सा खोजेको, पेसी तोक्दा नियत राखेको, आफू विरुद्धको मुद्दाको सुनुवाइ सारेको, अदालतमा देखिएका विकृति, विसंगति हटाउन भूमिका नखेलेको भन्ने आरोप लगाउँदै सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका छन्।
सर्वोच्चका न्यायाधीशहरुले गत आइतबार चिया समयपछि इजलास बहिस्कार गरेका थिए। सर्वोच्चका २० जना न्यायाधीशमध्ये १९ जनाले जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend