शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

२०८१ साल नसकिदै ज्ञानेन्द्र शाह राजा बन्ने !

२०८१ साल नसकिदै ज्ञानेन्द्र शाह राजा बन्ने !

 

काठमाण्डौं । आचार्य गुरु पुष्कर खतिवडाले आगामी २०८१ सालसम्म नेपालमा गणतन्त्रको समाप्ती भएर राजतन्त्र स्थापना हुने भविष्यवाणी गरेका हुन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाह नै फेरि गद्धीमा आउने बताएका हुन् ।

उनले गणतन्त्रको नेपाली जनताको नासो नभएको बरु विदेशीहरुको पासो भएको दाबी गरे । उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कुनैपनि हालतमा नहट्ने बताएका छन् । ‘२०८१ नसकिदै नेपालमा राजतन्त्र आउछ र देश बन्छ’, उनले भने ।

प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले राम्रो काम गरेको सुनाए । उनले आफूले पनि राम्रो काम गरेकोले सरकारले सहयोग गर्नेमा विश्वस्त रहेको सुनाए ।

उनले फेरि नेपालमा लकडाउन हुने पनि बताए । उनले कोरोना महामारीको तेस्रो लहर आईसकेको सुनाए । उनले जनता रोग र भोकले मर्ने खतरा औंल्याएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend