काठमाण्डौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको पोल खोलेका छन । उनले ओलीको पोल खोले पछि छिनभरमै देश भरी तरंग उत्पन्न भएको छ । उनले केपी शर्मा ओली सरकारमा हुँदा भ्रष्टाचारले सीमा नाघेको बताएका छन्।
समाजवादी इन्जिनियरिङ एसोसिएसनको भेलामा आइतवार सम्बोधन गर्दै उनले नेपालको सिस्टम नै भ्रष्टहरुको घेराबन्दीमा परेको बताएका छन्।
नेपालले भने, ‘हाम्रो सिस्टममा जताततै अटेरी मान्छेहरु छन्। हाम्रो सिस्टम एकदमै भ्रष्ट भइसके छ हाम्रो केपी ओलीजीको पालामा त भ्रष्टचारले सीमा नै नाघेछ।”
ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर दिएको अभिव्यक्ति पनि अर्थहीन भएको उनले बताए। नेपालले भने,’उहाँ हरेक पटक भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्नुहुन्थ्यो , तर कस्ताको हातमा देश गएछ ।” उनले कामैबिना गाउँ गाउँदेखि बालुवाटारसम्म हेलिप्याड बनाइएको पनि बताए।
उनले भने,’हामीलाई गाउँमै हेलिप्याड चाहिएको छ। बिनाकामका हेलिप्याडमा पैसा सकेका रहेछन्। हुँदा हुँदा बालुवाटारमा पनि हेलिप्याड बनाएका रहेछन । बालुवाटारबाट विमानस्थल १० मिनेटमा पुगिन्छ। अब त राष्ट्रपति निवासमा पनि हेलिप्याड बनाउने कुरा भएको रहेछ। म यसको विरोधी हुँ।” उनले भने,’ जताततै भ्रष्टाचार देखिन्छ। देश बनाउन त मन पोल्नुपर्छु, देश बनाउन आँट र पवित्र भावना चाहिन्छ।”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend