शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

विभिन्न पार्टी परित्याग गरी गरे नेपाली काँग्रेसमा प्रवेश

विभिन्न पार्टी परित्याग गरी गरे नेपाली काँग्रेसमा प्रवेश

 

 

वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा एक समारोहबिच स्थानीय स्थानीय अगुवाहरूसहित ९२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसका नेता संविधानसभा सदस्य अनिल रुँगटाको प्रमुख आतिथ्यमा तथा काँग्रेसका कार्यवाहक वडा समिति सभापति महमद हैदरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरूले पार्टी प्रवेश गरेका हुन् । त्यसतै दलित युवा संगठन समाजको उद्घाटन पनि सोही अवसरमा गरिएको छ ।
दलित युवा संगठन समाजको उद्घाटन कार्यक्रमको अध्यक्षता दलित युवा अगुवा रामलाल महरा रामले गरेका थिए । उनले दुई तिहाइको सरकार चलाउन नसकेका कम्युनिष्टसहितका दलहरूले आग्रह गरेर सङ्कटबाट देशलाई निकास दिलाउनका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बनाएको बताए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend