काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दल माथि गम्भिर प्रश्न उठाएका छन । उनले कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् ।
शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सबै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउँदै कांग्रेस नेतृत्वको सरकारसँग सहकार्य गर्नु निकै कठिन भएको टिप्पणी गरे ।
कांग्रेससँग बिकृतिबाहेक केही नभएको उनको आरोप छ । उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफू निकट व्यक्तिमात्र भर्ती गरेको आरोप बताए । यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend