शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालले भने- चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ

माधव नेपालले भने- चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ

  • शुक्रबार, १२ कार्तिक २०७८

 

 

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी  गरेका छन । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताएका हुन । उनले भने, ‘हामीले गठन गरेको समाजवादीमा आकर्षण बढिरहेको छ,समाजवादी नै सच्चा कम्युनिस्ट भएको जनताको बुझाइ छ । हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्‍नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् । संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको बताए ।

अध्यक्ष नेपालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै सति जाने थालेको आरोप समेत लगाए । एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले उनले एकपक्षीय ढंगले पार्टीमा हैकम जमाएको बताए । उनले एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आपूmले नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा लामो समयदेखि संघर्ष गर्दै आएकाको दावी गरे । उनले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताए । तीनै तहको निर्वाचन एकै पटक गर्दा देशलाई आर्थिक भार कम हुने यो नै विकल्प उत्तम हुने उनको भनाइ थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend