शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

आज पनि सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबस्ने

आज पनि सर्वोच्चका न्यायाधीशहरू इजलासमा नबस्ने

  • शुक्रबार, १२ कार्तिक २०७८

 

 

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि इजलास बहिस्कार गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध भद्र अवज्ञामा उत्रिएका उनीहरुले इजलास बहिस्कारलाई निरन्तरता दिएका हुन् ।

न्यायालयभित्र बेथिति बढेको भन्दै २ दर्जनभन्दा बढी न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिइरहेका छन् । तर प्रधानन्यायाधीश जबरा भने आफू संवैधानिक प्रक्रियामार्फत मात्रै बाहिरिने र राजीनामा माग्दैमा नदिने बताइरहेका छन् । यसै विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरु विपरीत कित्तामा उभिएका छन् ।

आज पनि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको बताइएको छ । आइतबारदेखि उनीहरुले प्रधानन्यायाधीशले तोकका पेसी र इजलास बहिस्कार गर्दै आएका छन् । उता  प्रधानन्यायाधीश जबरा भने आफू पक्षीय केही न्यायाधीशसहित आज इजलासमा जाने रणनीतिमा रहेको बताइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend