शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक छः शर्मा

पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक छः शर्मा

 

 

काठमाण्डौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले पूर्व राजा ज्ञानेन्द्र शाहले हिजो जारी गरेको बक्तब्य समय सान्दर्भिक भएको बताएका छन । आज खबर ब्रेकि ङ संग कुरा गदै शर्माले यस्तो बताएका हुन ।

उनले भने, ‘राजा ज्ञानेन्द्र शाहबाट ठिक समयमा ठिक बक्तब्य जारी भएको छ । यो बक्तब्यको सबै देशभक्त नेपालीहरुले स्वागत गर्नु पर्छ । राजाको बक्तब्यलाई लिएर केही राजनीतिक दलका नेताहरु अतालिएका छन ।”

उनले अब छिटो राजसंस्था फर्किनु पर्ने र देशमा देखिएको संकट समाधान हुनु पर्नेमा जोड दिए । राजनीतिक दलहरुले देश बर्बाद पारेको र यो सुधार्न राजसंस्था नै आउनु पर्ने उनले बताए ।

हिजो राजाले जारी गरेको बक्तब्यको सार पनि त्यही भएको उनले स्पस्ट पारे । राजसंस्था अहिलेको आबश्यकता भएको उल्लेख गदै शर्माले अब कुनै ढिला नगरी नेपाली जनताले बिबेक पुयाउनु पर्ने बताए ।

अब देशमा राजसंस्था नआए नेपाली जनताले अझै बढी दुख्ख ब्यहोर्नु पर्ने उनले बताए । देशमा छाडातन्त्र मात्र भएको र बास्तबिक प्रजातन्त्रको जनताले अनुभूति गर्न नपाएको उनले बताए ।

उनले भने ,’आज जुन किसिमले देश चलिरहेको छ, यो ठिक छैन । जनताले बास्तबिक प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन् । नेता मोटाउदै जाने र जनता दुब्लाउदै जाने यो बास्तबिक प्रजातन्त्र हुनै सक्दैन ।”

हिजो राजाले जारी गरेको बक्तब्यले सबै नेपालीको मन छोएको र जनता खुसी भएको उनले बताए । अब राजसंस्था बिना देश बच्न नसक्ने शर्माले दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend