शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

डा बाबुराम भट्टराईले गरे यस्तो भविष्यवाणी

डा बाबुराम भट्टराईले गरे यस्तो भविष्यवाणी

 

पूर्वी नवलपरासी । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नगरिए नेपाल अफगानिस्तान जस्तै मुलुक बन्ने बताएका छन् ।

सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा पार्टीद्वारा आयोजित कार्यक्रममा डा भट्टराईले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन राख्नका लागि भए पनि एमसीसी पास गर्नुपर्ने नत्र नेपाल अफगानिस्तान जस्तै बन्ने बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय शक्ति सन्तुलन कायम राख्नका लागि पनि एमसीसी पास गर्नुको विकल्प छैन । होइन भने उनीहरुको स्वार्थको भुमरीमा नेपाल फस्नेछ । भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्न नसके नेपाल अफगानिस्तान जस्तै बन्नेछ ।’

यसकारण नेपालले भारत, चीन र अमेरिकासँग सन्तुलित सम्बन्ध राख्नका लागि भए पनि एमसीसी पारित गर्नुपर्ने उनको भनाइ छ । डा भट्टराईले जसपा कुनै पनि शक्ति राष्ट्रसँग दुश्मनी पनि नगर्ने, नझुक्ने पनि धारणा राखे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend