सुर्खेत बसपार्कमा टिकटका लागि पुग्ने यात्रुहरुलाई दुई जना युवाहरुले नक्कली टिकट काटिरहेको अवस्थामा यातायात व्यवसायीहरुले पक्राउ गरेका छन् । देउती नागरिक यातायात प्रा लि लोगो र छाप बनाएर नक्कली टिकट बसपार्क बाहिर काटिरहेको अवस्थामा व्यवसायीहरुले थाहा पाएपछि उनीहरुलाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा दैलेख आठबिस नगरपालिका–४ बस्ने २० वर्षीय प्रकाश शाही र वीरेन्द्रनगर–६ शनिहललाईन बस्ने वर्ष १९ का सञ्जु सुनार छन् ।
प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुईवटा टिकट काटिसकेको प्रहरीले फेला पारेको छ । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १८५० र सुर्खेत जुम्ला दुई हजार भाडा उल्लेख गरेका छन् । पक्राउ परेका व्यक्तिहरुलाई नगर प्रहरीको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend