शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माओवादी केन्द्रले दियो नारायणकाजी श्रेष्ठलाई पार्टीको ठूलै जिम्मेवारी, श्रेष्ठ खुसीले गद् गद् !

माओवादी केन्द्रले दियो नारायणकाजी श्रेष्ठलाई पार्टीको ठूलै जिम्मेवारी, श्रेष्ठ खुसीले गद् गद् !

 

 

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिएको छ । पछिल्लो समय पार्टी नेतृत्वको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी दिइएको हो ।

यसअघि श्रेष्ठलाई प्रवास समन्वय विभागको जिम्मेवारी दिइ अन्तर्राष्ट्रिय विभाग दिइएको थिएन । तर हाल आएर माओवादीले अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी पनि दिएको हो । यस्तै उपप्रमुखमा सुरेन्द्र कार्की रहेका छन् । यस्तै प्रवास समन्वय समितिको सहइन्चार्जमा लक्ष्मण पन्त रहेका छन् । अध्यक्षमा भने यसअघि नै ओम शर्मा चयन भइसकेका छन् ।

माओवादीले अन्तर्राष्ट्रिय विभागमा रहने सदस्यहरु भने टुंगो लगाइसकेको छैन । तर त्यसका लागि यसअघि नै पार्टी निकटका डिप्लोम्याट र विदेश मामिलाका जानकारहरुको सूची तय गरिसकेको छ । सो सूचीबारे पार्टीबाट निर्णय नहुँदै बाहिरिएको थियो ।

माओवादी पार्टी कार्यालय स्रोतले श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिएको जानकारी दियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend