सुनसरी । नेकपा एमालेका नेता सुवास नेम्वाङले सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा पुराना वामपन्थी नेता ओम कोइराला नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले नेकपा एमालेले संसद् भवनमा विरोध गर्दागर्दै जबरजस्ती विधेयक पास गरिएको बताए ।
नेता नेम्वाङले नेकपा माओवादी केन्द्रतर्फ संकेत गर्दै सरकारले द्वन्द्व कालमा लुटपाट गरेर राखिएको धनलाई बाहिर ल्याउने प्रशस्त बाटो खाली गरेको आरोप लगाए । ुलाख, करोड हैन अरब पैसा ल्याउनुहोस् कुनै श्रोत देखाउनु पर्दैन । यो भनेको लुटपाट, डकैती गरेर, अवैध सम्पत्तिलाई सेतो बनाउ भन्न खोजेको हैन ?, उनले प्रश्न गरे ।
एमालेको विरोधका बीच विधेयक पास गरिनु गलत भएको उनले बताए । ुअहिले म सुन्दै छु, नेपालको सम्बन्धित प्रतिनिधि मण्डल जाँच गर्न आउँदै छ । यदि यो गलत रहेछ भनेर कालो लिष्टेट गरिदियो भने हाम्रो हालत के हुन्छ ? ,’ उनले भने ।
उनले संविधानको मर्म विपरित सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको बताए । उनले जनभावना विपरित कदम भएको टिप्पणी गरे । कार्यक्रममा कोइरालाले लेखेका ुराजनीतिक जीवन यात्रा र राजनीतिक लेखहरूु पुस्तकको लोकार्पण गरिएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend