शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छनः नेपाल

केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छनः नेपाल

 

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन ।

बिहीबार एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीलाई एकीकृत समाजवादीमा स्वागत गर्दै उनले एमाले सबै हिसाबले पतनको दिसामा गइसकेको दाबी गरे । उनले एमाले एकजना व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी पनि गरे ।

उनले भने,– ‘केपी ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेका छन्, च्यूत भइसकेको अब औपचारिक दिन हेर्नमात्रै बाँकी छ, त्यहाँ कुनै सामुहिक छलफल छैन, त्यो एउटा व्यक्तिको प्रालिको रुपमा रुपान्तरित हुन थालेको छ । ’
अध्यक्ष नेपालले अन्तिम प्रयास गर्दा पनि एमालेलाई बचाउन नसकिने निष्कर्षका साथ आफूहरूले नयाँ पार्टी निर्माण गरेको बताए ।

नेता नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । अर्को क्रान्तिकारी पार्टी बनाउनुपर्ने निष्कर्षका साथ भानुभक्त जोशी एकीकृत समाजवादी प्रवेश गरेको उनको भनाइ थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend