काठमाण्डौं । प्रखर बक्ता राम प्रसाद रिजाल एक साता भन्दा बढी काठमाण्डौं बसाई पछि बाई बाई काठमाण्डौं भन्दै सुनसरी हुदै झापा पुगेका छन । उनले नेकपा एकिकृत समाजवादीमा राम्रो अबसर पाउने भए पछि लामो समय सम्मको मौनता टोडि समाजवादी पार्टीमा खुलेको स्रोतले बताएको छ ।
उनी काठमाण्डौंमा एक साता भन्दा बढी बसेर समाजवादीका शीर्ष नेताहरु संग बार्ता गरी गृह जिल्ला हिजो नै फर्किएको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले नेकपा एकिकृत समाजवादी पार्टीमा ठूलै जिम्मेवारी पाउने भएका छन । केही दिन अघि काठमाण्डौमा भएको एक कार्यक्रममा समाजवादीका पक्षमा उनले चर्को भाषण समेत गरेका थिए । उक्त भाषणको भिडियो आफनो फेसबुकमा पोष्ट समेत गरेका छन । उनी बेला बेलामा समाचारकै कारण चर्चामा आउने पात्र समेत हुन ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend